हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस साता शेयर ब्रोकरको कमिशन ४० प्रतिशत घटेको समाचारले बढि चर्चा पायो । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय स्तरको बैंक राष्ट्रि वाणिज्य बैंकले १ सय ९५ जना कर्मचारी माग गरेकोप्रति पाठकको ध्यान आकर्षित भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
शेयर बजार
शेयर ब्रोकरको कमिशन ४० प्रतिशतले घट्यो । धितोपत्र बोर्डको सो प्रस्तावलाई बुधबार अर्थमन्त्रालयले पारित गरेको हो । नयाँ कमिसनदर आइतबारदेखि लागू हुनेछ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ‘ओभर द काउन्टर’ (ओटीसी) मार्केटको कारोबार शुल्क ९० प्रतिशत घटायो । सेञ्चुरी बैंकले ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति पायो । प्राईम कमर्सियल बैंकले १ करोड २३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नका लागि यसैसाता बोर्डको अनुमति पायो । बुटवल पावर कम्पनी लिमिटेडको पौने २ लाख कित्ता शेयर बोलकबोलबाट विक्रि सुरु भयो । एनआईसी एशिया बैंकले पनि ४ लाख ३३ हजार ९ सय १ कित्ता साधारण शेयर बोलकबोलबाट विक्रि सुरु गर्यो ।
मर्जर तथा एक्विजिसन
सिटिजन्स बैंक इन्टरनेशनलले प्रिमियर फाइनान्स कम्पनी लि.लाई खरिद गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गर्यो ।
सहयोग, सम्मान तथा पुरस्कार
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राष्ट्रिय व्याडमिन्टन खेलाडि सुश्री नङसल तामाङलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने गरि एक वर्षको सम्झौता गर्यो । यती डेभलपमेन्ट बैंकले कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रुकुम सांस्कृतिक वर्ष २०७३ मा आयोजित नृत्य प्रतियोगीताका उत्कृट ६ प्रतिष्पर्धीलाई पुरस्कारस्वरुप १८ हजार रुपैयाँ हस्तान्तरण गर्यो ।
सेवा तथा सुविधा विस्तार
नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोष बीच रकम संकलन तथा ट्रान्सफर गर्ने सम्बन्धमा सम्झौता भयो । प्रभु बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई थप सुविधा सहित एन्स्टापे र रिवार्डपोइन्ट गरी नयाँ दुई योजनाहरु सञ्चालनमा ल्यायो । एनएमबि बैंकले एक घर एक खाता योजना सुरु गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुम रेमिटेन्स कम्पनि प्रालीबिच विप्रेषण भुक्तानीसम्बन्धि सम्झौता भयो ।
अन्य
ग्रोमर मर्चेन्ट बैंकर लिमिटेडले आइतबारदेखि प्रभु क्यापिटलको नामबाट कारोबार सुरु गर्यो ।