Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनसीसी र कुमारी बैंकको सम्बन्ध विग्रियो : ‘मुद्धा’ अदालतसम्म जाने स्थितीमा

admin २०७३ श्रावण ७ गते
सेयर:

ncckumariएनसीसी बैंकसँग कुमारी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच मर्जरको सम्झौता भएको करिब ७ महिनापछि कुमारी बैंक यी ६ बैंकहरुबिचको मर्जर सम्झौताबाट सदाका लागि बाहिरिएको छ । गत सालको पुषमा यी बैंकहरुबिच मर्जरको सम्झौता भएको थियो । 

भोटिङ मतको फैसला
कुमारी बाहेक अन्य पाँच वटा बैंकहरुले विशेष साधारणसभा सम्पन्न गरेका छन् र मर्जर प्रस्तावलाई सर्बसहमतिमा अनुमोदन गरेका छन् । मर्जरमा जाने र नजाने पक्षहरुबिचको निकै लामो समयसम्मको विबादपछि  अन्तिम चरणमा आएर कुमारी बैंकले गत असार ३१ गते गरेको विषेश साधारण सभामा मर्जरको टुङगो लगाउन बैंक प्रोमोटरहरुबिच मतदान भएको थियो । मर्जरको विपक्षमा ५० प्रतिशतभन्दा बढि मत आएपछि स्वतः कुमारी बैंक मर्जरबाट बाहिरिएको हो ।

मर्जरमा लागेको खर्च कुमारी बैंकको टाउकोमा 
मर्जर सम्भौता गर्दा मर्जर प्रक्रिया अवधिभरका लागि भनेर विभिन्न अन्य सम्झौता पनि भएका थिए । त्यसमध्येको मुख्य सम्झौतामा ‘मर्जर प्रक्रियाबाट जो बाहिरन्छ, उसले मर्जर प्रक्रियामा भएको सबै खर्च बोहोर्नुपर्ने थियो । यसको आधारमा सबै खर्च कुमारी बैंकले बेहोर्नुपर्ने देखिन्छ । मर्जर प्रक्रियाका क्रममा डीडीए रिपोर्ट बनाएबापत चाटर्ड एकाउन्ट कम्पनीलाई बुझाउनुपर्ने खर्च, संयुक्त मर्जर कमिटिका सदस्यहरुलाई दिइएको भत्ता तथा खानपान खर्च, प्रसाशनीक खर्च, ६ ओटा बैंकको सफ्टवेयर निर्माण गर्दा लाग्ने खर्च, एनपिए र एनबीए मुल्याङकन गर्दा लाग्ने खर्च लगायत विभिन्न शीर्षकमा ५ करोड रुपैयाँ खर्च भएको छ । 
 
खर्च बेहोर्ने विषयमा विवाद
कुमारी बैंक उक्त मर्जर प्रक्रियाबाट वाहिरीएपछि खर्च कसले बेहोर्ने भन्ने विषयमा विवाद सुरु भएको छ । 
मर्जरको टुङगो लागेका बैंकहरुले एकिकृत कारोबार सुरु गर्न अझै ३ महिना लाग्छ । यस हिसाबले मर्जर खर्च अझै बढ्ने सम्भावना छ । मर्जरबाट बाहिरिएको कुमारी बैंकले अहिलेसम्म ७६ लाख रुपैंया संयुक्त मर्जर कमिटिको खातामा भुक्तानी गरेको छ । यसबाहेक अन्य खर्चको भुक्तानी कुमारी बैंकबाट नगर्ने जानकारी बैंकको स्रोतले दिएको छ । यो मर्जरको खर्च विवाद अदालत जान सक्ने अनुमान गरिएको छ । मर्जर प्रक्रियाबाट वाहिरीने संस्थाले मर्जर प्रक्रियामा भएका सबै खर्च वाहिरीने संस्थाले वेहोर्ने बेहोरा मर्जर कमिटिबीच सम्झौता भएकोले यो विषय अदालतमा पुग्न सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

चुक्ता पुँजी पुर्याउन समस्या छैन : एनसीसी
एनसिसि बैंकसँग चारओटा विकास बैंक र कुमारी बैंक बिचको मर्जर सम्झौताको अन्तिम चरणमा आएर कुमारी बैंक मर्जरबाट बाहिरिए तापनि अन्य विकास बैंकहरु भने मर्जरमा जाने निर्णयमा पुगेका छन् । कुमारी बैंकले भन्दा अघि नै यी ४ विकास बैंकहरुले साधारणसभा सम्पन्न गरी यो निर्णयमा पुगेका थिए । एनसिसि बैंककी डेपुटि जनरल मेनेजर बन्दना पाठकले बैंकिङ खबरसँग भनिन् – “अब चार विकास बैंक र हाम्रो बैंक मिलेर एकिकृत कारोबार गर्दा आगामी असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन हामीलाई कुनै पनि समस्या पर्दैन । हामी पाँचको मर्जरबाट सन्तष्ुट छौँ । भोलिका दिनमा अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जरमा जाने हाम्रो कुनै पनि योजना छैन र हाम्रो बैंक जाने पनि छैन । ” 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।