July 9th, 2020

उन्नति लघुवित्तको जहरे शाखाद्धारा ग्राहक संरक्षण कोष अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर । भैरहवामा केन्द्रिय कार्यालय रहेको उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरे,सुर्खेत द्धारा आयोजित कार्यक्रममा सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं १० मदानेचौर टोलमा गठित उन्नति मदानेचौर महिला समुहको सदस्य श्रीमति नैनसरा बादिको घर मितिः २०७७।०१।२८ गतेको विहान ६ बजे तिर हावाहुरी वर्षादको कारणले भत्केकाले ग्राहक संरक्षण कार्यक्रम अन्र्तगतको राहत रकम वापत नगद रु। ५०००। अक्षररुपी पांच हजार रुपैया मात्र शाखाका शाखा प्रबन्धकले  हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा शाखा प्रबन्धकले सामाजिक उत्तरदायित्व ग्राहक संरक्षण कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी भत्ता, ग्राहकहरुको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग, आगलागी तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग, ग्राहक सदस्यहरुको बालबच्चाहरुलाई छात्रवृत्ति कार्यक्रम लगायतका सुबिधा दिदैं आएको बताउनुभयो । यसका साथै यस कोभिड–१९ महामारीको समयमा सबै ग्राहक सदस्यहरुलाई सजग र सचेत भई कार्य गर्न सल्लाह दिनुभयो । उहाँले पटक पटकको लकडाउनले आर्थिक रुपमा समस्यामा रहेका आफ्ना ग्राहकलाई मध्यनजर गर्दै मिति २०७७ अषाढ मसान्त भित्र कर्जा/किस्ता तिर्ने सदस्यलाई ब्याजदरमा ३ प्रतिशत छुट गरेको समेत बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]