July 21st, 2016

५८ हजार २ सयमा ओर्लियो सुनको भाउ

goldनेपाली बजारमा सुन सस्तिएको छ । बिहीबार सुनको मुल्य तोलाको ५ सय रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा खरिदविक्रि भइरहेको छ भने तेजावी सुन तोलाको ५७ हजार ९ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ५८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ४ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

त्यस्तै, चाँदीको मुल्य विहीबार २५ रुपैयाँले घटेको छ । बुधबार तोलाको ९ सय रुपैयाँका दरले कारोबार भएको चाँदी विहिबार तोलाको ८ सय ७५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।