July 22nd, 2016

मेगा बैंकमा मेनेजरदेखि एसिस्टेन्ट लेभलसम्मका लागि जागीर खुल्यो

mega bankमेगा बैंक नेपालमा मेनेजरदेखि एसिस्टेन्ट लेभलसम्मका लागि जागीर खुलेको छ । बैंकले मेनेजर १ जना, अफिसर लेभलका कर्मचारी ६ जना र एसिस्टेन्ट लेभलका १२ जना गरी १९ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

मेनेजर लेभल
बैंकले केन्द्रिय कार्यालयको निक्षेप तथा विप्रेषण विभागका लागि एक जना व्यवस्थापकको माग गरेको छ । यसका लागि आवेदन बुझाउने मितिसम्ममा ४५ वर्ष ननाघेको, व्यवस्थापन संकायमा द्धितीय श्रेणीमा स्नातकोत्तर उतीर्ण, कम्तीमा ११ वर्ष वाणिज्य बैंकमा काम गरेको (कम्तीमा ३ वर्ष सिनियर अफिसरको रुपमा र १ वर्ष व्यवस्थापकीय स्तरमा रहेर काम गरेको) अनुभव हुनुपर्नेछ । साथै निक्षेप बजारको बारेमा पोख्त, व्यापार विस्तार गर्न सक्ने क्षमता भएको हुनुपर्ने बताइएको छ । 

अफिसर लेभल
अफिसर लेभलका लागि बैंकले ६ जना कर्मचारी माग गरेको छ । जसमध्ये, केन्दिय्र बैंकको कर्जा प्रशासन विभागका लागि १ जना, मेगा कर्पोरेट क्रेडिट डिपार्टमेन्टको लागि १ जना तथा भैरहवा, तानसेन र नाराणगड शाखाको आन्तरिक अडिट विभागका लागि ४ जना कर्मचारी माग गरिएको हो । कर्जा प्रशासन विभागका लागि ३५ वर्ष उमेर नपुगेको, व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर तह कम्तीमा द्धितीय श्रेणीमा उतीर्ण गरेको र कमर्सियल बैंकमा ५ वर्ष (कम्तीमा २ वर्ष अफिसर भएर) काम गरेको हुनुपर्नेछ । मेगा कर्पोरेट क्रेडिट डिपार्टमेन्टको लागि पनि ३५ वर्ष उमेर नपुगेको, व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर तह कम्तीमा द्धितीय श्रेणीमा उतीर्ण गरेको हुनुपर्नेछ । साथै, कमर्सियल बैंकमा ५ वर्ष (कम्तीमा २ वर्ष सुपरभाइजर भएर) काम गरेको हुनुपर्नेछ । भैरहवा, तानसेन र नाराणगड शाखाको आन्तरिक अडिट विभागका लागि पनि ३५ वर्ष उमेर नपुगेको, व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर तह कम्तीमा द्धितीय श्रेणीमा उतीर्ण गरेको हुनुपर्नेछ । साथै, सीए अथवा एसीसीए डिग्री हासिल गरेको र कमर्सियल बैंकमा ४ वर्ष (कम्तीमा १ वर्ष सुपरभाइजर भएर) काम गरेको हुनुपर्नेछ ।

एसिस्टेन्ट लेभल
एसिस्टेन्ट लेभलमा १२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । काठमाडौँ लगायत काठमाडौँ बाहिरका शाखाहरुका लागि पनि एसिस्टेन्टको माग गरिएको छ । ३० वर्ष उमेर नपुगेका र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर तह कम्तीमा द्धितीय श्रेणीमा उतीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

कसरी बुझउने आवेदन ?
आवेदन दिनका लागि बैंकको काठमाडौँ कमलादीस्थित केन्द्रिय कार्यालयको ह्युमन रिसोर्स डिपार्टमेन्टकोे पो.ब.नं. २६५५९ मा खामबन्दी गरिएको एप्लिकेसन लेटर (अपेक्षित पारिश्रमिकसहित), एसएलसीदेखिको प्रमाणपत्र, नागरिकताको फोटोकपि, हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ कपि, अपोइन्टमेन्ट लेटर र काम गरेको अनुभव दर्शाउने प्रमाणपत्रसहित ३ अगस्ट अर्थात साउन १९ गतेभित्रमा पठाइसक्नुपर्नेछ ।