June 26th, 2020

आशा लघुवित्तद्धारा कोरोना भाईरस नियन्त्रण कोषमा सहयोग

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो ४६ वटा शाखा कार्यालय मार्फत छुट्टा छुट्टै स्थानिय निकायहरुले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमाकुल रु.५ लाख ३५ हजार रुपैया हस्तान्तरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण कोष तथा सम्पुर्ण कर्मचारीहरुको योगदान समेत रहने गरी उक्तरकम हस्तान्तरण गरेको जनाएको छ । त्यस्तै गरी वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत अति विपन्न तथा न्यून आय भएका आफ्ना ग्राहक सदस्यहरुलाई मास्क, सावुन तथा स्यानिटाईजर समेत वितरण गरिएको र आवश्यकता अनुसार थप सहयोग समेत गर्दै जाने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराऊदै आएको छ भने संस्थाको हालसम्म करीब रु. २ अर्ब ३० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७८ करोड भन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]