Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५८ हजार ७ सय पुग्यो सुनको भाउ

२०७३ श्रावण ५ गते

goldबुधबार सुन सामान्य महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १ सय रुपैयाँका दरले महँगिएको हो । यससँगै छापावाल सुन तोलाको ५८ हजार ७ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ४ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ५८ हजार ६ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ३ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

चाँदी भने स्थिर रहेको छ । मङ्गलबार प्रतितोला ९ सय रुपैयाँका दरले किनबेच भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।