लघुवित्तको नाफा कती ?

बैंकिङ खबर । २०७६ चैत्र ११ गते देखी लकडाउन भएसंगै जेष्ठ मसान्तसम्म लघुवित्तको असुली बन्द नै देखीयो । असार महिना सुरु भएयता लघुवित्तहरुले आर्थीक कारोबार सुचारु गरेका छन्, यस कारोबारमा असुलीलाई प्राथमीकता दिइएको छ भने लगानी न्युन रुपमा गरेको देखिन्छ । आर्थीक कारोबार सुरु गरेता पनि ३ महिनाको बन्द पछि खुलेको बजारबाट कती असुली होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

कोरोनाले लघुवित्त वित्तीय संस्थाहरुको यस आर्थिक बर्षको नाफा नोक्सानमा कस्तो असर पार्दछ त भन्ने विषयमा यस्तो आंकडा गर्न सकिन्छ, नेपाल राष्टक बैंकको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाहरुले असार मसान्त सम्म ब्याजदरमा ३ प्रतिशत छुट दिएका छन् । यसरी छुट दिदा बार्षिक खुद नाफामा करिब ३० प्रतिशत नाफा घट्ने देखीन्छ, बन्द अवधी भर लगानी नहुदा सेवा शुल्क प्राप्त नभइ बार्षिक खुद नाफामा करिब ६ प्रतिशतनाफा घट्ने देखीन्छ, बन्दमा अबधीमा भयको सामान्य असुलीले केही लगानीमा रहेको कर्जा घट्न गइ करिब ५ प्रतिशत नाफा घट्ने देखीन्छ, यसरी हेर्दा यस आर्थिक बर्षको कुल खुद नाफामा ४१ प्रतिशत ले घट्ने देखीन्छ । तर यो त १०० प्रतिशत असुली भएपछीको आंकडा हो । बजारको अबस्था हेर्दा बन्द भरीको करिब १५ प्रतिशत ब्याज असुल हुन बाकीं रहने अनुमान गर्न सकीन्छ, यसरी १५ प्रतिशत ब्याज असुल हुन बाकीं रहेमा हुनु पर्ने कुल खुद नाफामा दुइ तिहाइले कमी आउनेछ । यदी ब्याज असुली एक तिहाइ कम भयो भने पनी नाफा सुन्यमा पुग्नेछ । यो बिष्लेसण सम्पुर्ण लघुवित्तको कुल कारोबारको आंकडा अनुसार रहेको छ, नयाँ लघुवित्तको घाटा यो भन्दा उच्च रहने छ ।

कोरोनाको अन्त कहिले हुने भन्ने कुरामा अनुमान गर्ने कुनै आधार देखीदैन, दिन दिनै संक्रमीतको संख्या बढ्दो क्रममा छ, कोरोना संक्रमीतको वृद्धि संगै सरकारले पुन लकडाउन गर्ने बारे छलफल पनी गरी रहेको छ । देशका उद्दमी, ब्याबसायी धारासाही भयका छन्, यस्तो अबस्थामा लघुवित्त वित्तीय संस्थाहरु कसरी जाने भन्ने विषय सोचनीय भएका छन् । कोरोना रहेसम्म बजार खुल्ला रहने छैन, बजार खुल्ला नरहे उद्दम रहने छैन, उद्दम नरहे उद्दमी रहने छैन, उद्दमी नै नरहे बैकं तथा वित्तिय रहने छैन । त्यसैले कोरोना संगसंगै कोरोनाका भाइरस संग लड्दै र सुरक्षीत हुदै ब्यापार, ब्याबसाय चलाउन जरुरी देखीन्छ ।