Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१४.२ प्रतिशतले बढ्यो विस्तृत मुद्राप्रदाय

२०७३ श्रावण ६ गते

Womans finger on stack of coinsगत आर्थिक वर्षको ११ महिनामा विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । मुद्राप्रदाय वृद्धिदर अघिल्लमे वर्षको तुलनामा थोरै घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने २०७३ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय १९ प्रतिशतले बढेको छ । 

सो अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) १ खर्ब ७१ अर्ब १५ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति १ खर्ब २७ अर्ब २० करोड रुपैयाँले बढेको थियो । 

त्यस्तै, सञ्चित मुद्रा ०.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १५.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ जेठ मसान्तमा उक्त मुद्रा ३.५ प्रतिशतले बढेको छ ।