Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरुको अन्तरबैंक कारोबार ८ अर्ब नाघ्यो

admin २०७३ श्रावण ५ गते
सेयर:

interbank loanआर्थिक वर्ष २०७२/७३ को एघार महिनामा वाणिज्य बैंकहरूले ८ खर्ब ६२ अर्ब १७ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् । अन्य वित्तीय संस्थाहरूले भने ९४ अर्ब ७९ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः ३ खर्ब ५५ अर्ब ७४ करोड रुपैयाँ र २ खर्ब ७ अर्ब ८२ करोड रुपैयाँको यस्तो कारोबार गरेका थिए । 

गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर केही बढेको छ । २०७२ जेठमा वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर ०.२४ रहेकोमा २०७३ जेठमा ०.३६ प्रतिशत पुगेको हो । अन्य वित्तीय संस्थाहरुको यस्तो व्याजदर भने केही घटेको छ । राष्ट्र बैंकका अनुसार २०७२ जेठमा वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाहरुको अन्तरबैंक कारोबारको भारित औसत व्याजदर ३.८६ प्रतिशत रहेकोमा २०७३ जेठमा २.५५ प्रतिशतमा झरेको छ । वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर भने २०७२ जेठको ७.६९ प्रतिशत रहेकोमा २०७३ जेठमा ६.२७ प्रतिशत कायम हुन आएको छ । 
 
त्यस्तै, २०७२ जेठको तुलनामा २०७३ जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर घटेको छ । २०७२ जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.३७ प्रतिशत रहेकोमा २०७३ जेठमा ०.१२ प्रतिशत रहेको छ । २०७३ जेठमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जेठमा यस्तो ब्याजदर अन्तर ४.७९ प्रतिशत रहेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।