Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

९६ वित्तीय संस्था गाभिएर बने ३५

admin २०७३ श्रावण ४ गते
सेयर:

mergerवित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर नीति कार्यान्वयनमा आएसँगै मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विनियमावली, २०६८” कार्यान्वयनमा आएपछि २०७३ जेठ मसान्तसम्ममा ९६ वटा बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भई ३५ वटा संस्था बनेका छन् । त्यसैगरी, एउटा वाणिज्य बैंकले दुईवटा वित्त कम्पनीहरू र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति गरेका छन् । २०७२ चैत मसान्तमा ११ वटा संस्थाहरू (२ विकास बैंक र ९ वित्त कम्पनीहरू) रिजोलुसनको प्रक्रियामा रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, उक्त संस्थाहरूमा ३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी ६ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यी संस्थाहरूको खराव कर्जा करिब ९५ प्रतिशत रहेको छ भने समग्र पुँजीकोष करीब ३८ प्रतिशतले ऋणात्मक छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।