June 5th, 2020

ग्रामीण विकास लघुवित्तका सबै कर्मचारीहरूको कोरोना बीमा

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले संस्थामा कार्यरत सम्पूर्ण अधिकृत तथा कर्मचारीहरूको कोरोना बीमा गरेको छ । विश्वव्यापी रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस माहामारीको संक्रमणको प्रभाव नेपालमा समेत बढ्दै गइरहेको र समुदायमा कोरोनाको जोखिम उच्च रहेको सन्दर्भमा संस्थामा कार्यरत कर्मचारीहरुमा उक्त भाइरसबाट उत्पन्न हुनसक्ने आर्थिक जोखिमबाट सुरक्षा गर्न प्रति कर्मचारी रु. १ लाख बरावरको कोरोना भाइरस बीमा राष्ट्रिय बीमा कम्पनि लि. संग गरिएको संस्थाले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]