Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल एग्रो लघुवित्तका कर्मचारीको कोरोना बीमा

२०७७ जेष्ठ २३ गते

बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना स्थायी, करार र प्रशिक्षार्थी कर्मचारीहरुको कोरोना बीमा गरेको छ । कास्की, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, सल्यान, प्यूठान, रोल्पा, तनहुँ र लम्जुङ गरी १० जिल्ला कार्य क्षेत्र भएको यस वित्तीय संस्थाका केन्द्रीय कार्यालय सहित २६ वटा शाखामा कार्यरत कर्मचारीहरुको विमांक रकम एक लाख रुपैयाको कोरोना बीमा गरिएको छ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेड मार्फत मिति २०७७।०२।२२ गतेदेखि लागु हुने गरी गरिएको उक्त कोरोना बीमा दावीका लागि कोरोना भाइरस (कोभिड–१९) पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको विमांक रकम प्राप्त गर्ने जनाइएको छ ।

Ad