Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको साढे ५८ हजारमा ओर्लियो सुनको भाउ, चाँदी पनि सस्तियो

२०७३ श्रावण ३ गते

goldसाताको पहिलो दिन तोलाको ५ सय रुपैयाँका दरले महँगिएको सुन दोस्रो दिन सस्तिएको छ । सोमबार सुनको भाउ तोलाको ३ सय रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुन तोलाको ५८ हजार ५ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार २ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ५८ हजार ८ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ५ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

त्यस्तै, चाँदी पनि सोमबार तोलाको १० रुपैयाँका दरले सस्तिएको छ । आइतबार तोलाको ९ सय १० रुपैयाँका दरले कारोबार भएको चाँदी सोमबार तोलाको ९ सय रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।