May 31st, 2020

कोरोना संक्रमणका कारण २ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको बताउनुभएको हो। हालसम्म देशभर कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । संक्रमित मध्ये हालसम्म २२० जना निको भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]