Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाले अवसर पाएको जूम कम्युनिकेसनको कुल सम्पत्ति विश्वका टप ७ एयरलाइन्सको भन्दा बढी

२०७७ जेष्ठ १८ गते

कोरोना भाइरसको कारण धेरै कम्पनीहरू पीडित छन् । धेरैले आफ्नो रोजगारीको बाटो गुमाएका छन् । यद्यपि, अर्कोतिर अमेरिकी सफ्टवेयर कम्पनी जूम भिडियो कम्युनिकेशनले यसबाट भरपुर फाइदा उठाएको छ । यस कम्पनीको बजार क्यापिटलाइजेसनले विश्वको ७ टप एयरलाइन्सलाई जोड्दा पनि त्यो भन्दा ज्यादा भएको छ ।
एक रीपोर्ट अनुसार जूम कम्युनिकेशनको मार्केट क्यापिटलाइजेसन ४८.७८ बिलियन डलर पुगेको छ । जबकी विश्वको ७ टप एयरलाइन्सको कुल मार्केट क्यापिटलाइजेसन ४६.२१ बिलियन डलर रहेको छ । यो २.५७ बिलियन डलर बढी हो ।
उद्योग विश्लेषकहरूका अनुसार व्यवसायीक प्रयोगकर्ताहरूलाई यसबाट फाइदा पुगेको छ । यसले एक पटकमा १०० जना सम्म भिडियो कन्फरेन्स गर्न सक्दछ । यो अनलाइन क्लासमा पनि प्रयोग भइरहेको छ ।

अर्कोतर्फ, कोरोनाभाइरस संक्रमण र लकडाउनका कारण विश्वभर एयरलाइन्स सेवा बन्द गरीएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय एयरपोर्टहरू बन्द छन् । जसका कारण एयरलाइन्स उद्योगले लगातार घाटा सहिरहेको छ । विश्वको शीर्ष एयरलाइन्सको रेभिन्यु जनवरी २०२० को तुलनामा मे सम्ममा ६२ प्रतिशतसम्मले गिरावट आएको छ ।
कोरोना महामारीलाई बढ्नबाट रोक्न थुप्रै एयरलाइन्सलाई बन्द गरीयो । धेरै एयरलाइन्सले यात्रा क्षमता र कामदारहरूलाई घटाए । अहिलेसम्म एयरलाइन्स सेवा पूर्ण रुपमा सुरू गरिएको छैन ।

Ad