odiबैंकिङ खबर । विभिन्न देशहरुले लकडाउनलाई खुकुलो बनाएपछि भारतले पनि लकडाउन खुकुलो बनाउने रणनीति अघि सारेको छ । यसअघि नै भारतले आन्तरिक हवाई उड्यन र श्रमिकलाई रेल सेवा खोलीसकेको छ । लकडाउन खोल्नेबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बोल्ःड डिशिजन गरेका छन् । उनले आगामीसातादेखि अर्थतन्त्र चलायमान हुने घोषणा समेत गरेका छन् । नयाँदिल्लीमा हाल लकडाउन खुकुलो बनाइएको छ भने अर्कोसाताबाट सबैतिर लकडाउन खुकुलो बनाइने छ । भारतको केन्द्रीय सरकारले धार्मिकस्थल तथा ठूला मलहरु समेत खोल्ने निर्णय गरिसेको छ । उसले जुन ८ देखि सपीङ मलहरु खोल्ने भएको हो । साथै धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, हस्पिटालिटी क्षेत्र समेत खुल्ने छन् । भारतले हालको लागि विद्यालय र कलेजहरु भने बन्द गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंक
भारतमा लकडाउन खुकुलो बनाउने घोषणा, मार्च ८ बाट सपिङ मल र होटलहरु खुल्ने
२०७७ जेष्ठ १७ गते