बैंकिङ खबर । आगामी जेष्ठ २० गतेसम्म लकडाउन जारी छ । नीजि क्षेत्रबाट लकडाउन खुकुलो बनाउन माग गरिरहेका बेला सरकार भने थप लकडाउनको तयारीमा छ । सरकारले फेरि लकडाउन थप्ने योजना बनाएको छ । लकडाउन थप्ने तयारीमा सरकार जुटेको एक अधिकारीले बताएका छन् । कोरोना संक्रमितको संख्या दिनदिनै बढेका कारण लकडाउन थप्ने तयारीमा सरकार लागेको बताइएको छ । तथापि नीजि क्षेत्र र व्यबसायीहरुले अर्थतन्त्र धरापमा परेको भन्दै लकडाउनलाई खुकुलो बनाउन आग्रह गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंक
लकडाउन अझै थप्ने सरकारको तयारी, लकडाउन खुकुलो बनाउन व्यबसायीको माग
२०७७ जेष्ठ १७ गते