बैंकिङ खबर । विश्वभरी कोरोना सन्त्रास भइरहँदा न्युजील्याण्डले कोरोनामाथि पूर्ण रुपमा विजयी प्राप्तीको घोषणा गरेको छ । न्युजील्याण्डको अस्पतालमा रहेका अन्तिम कोरोना संक्रमित डिस्चार्ज भएपछि न्युजील्याण्डले कोरोनामाथि विजयी प्राप्तिको घोषणा गरेको हो । अब न्युजील्याण्डको अस्पतालमा यो समाचार बनाउँदासम्म कुनै पनि कोरोना संक्रमणका बिरामी छैनन् । न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्डा आर्डेनले कोरोना विरुद्धको युद्ध जितेको घोषणा गरेकी छन् । कोरोना संक्रमित भएका अन्तिम बिरामी मिडलमोर अस्पतालबाट डिस्चार्ज भए । न्युजील्याण्डमा पाँचौ दिनसम्म कुनै नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । न्युजील्याण्डमा एक हजार एक सय ५४ जना कोरोना संक्रमित भएका थिए भने २१ जनाले ज्यान गुमाएका छन् । एजेन्सीको सहयोगमा
नेपाल राष्ट्र बैंक
न्युजील्याण्डमा कोरोनामुक्त घोषणा, अन्तिम विरामी अस्पतालबाट डिस्चार्ज
२०७७ जेष्ठ १६ गते