Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ सय १२ पुग्यो

२०७७ जेष्ठ १६ गते

बैंकिङ खबर । नेपालमा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो।

यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । संक्रमित मध्ये हालसम्म २०६ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

Ad