Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नयाँ आर्थिक सर्बेक्षणले देखायो सहकारीमा यस्तो अबस्था

२०७७ जेष्ठ १६ गते

बैंकिङ खबर । मुलुकभर हाल ३४ हजार ८ सय ३७ सहकारी संख्या रहेका छन् । जसमा ७७ अर्ब २४ करोड रकमको पुँजी रहेको छ । सहकारीमा ६५ लाख १५ हजार ४ सय ६० जना सदस्यहरु आवद्ध रहेको नयाँ आर्थिक सर्वेक्षणले देखाएको छ । जस अनुसार सहकारी क्षेत्रमा बचत र लगानी दुबै बढेको छ । आर्थिक वर्ष २०७६र०७७ को फागुनसम्म सहकारीमा ३ खर्ब ५० अर्ब ५८ करोड बतल परिचालन बढेको देखिएको छ । जुनअघिल्लो बर्षको सोही अवधिमा ३ खर्ब ४५ अर्ब ५४ करोड बचत परिचालन भएको थियो । एक वर्षमा सहकारी क्षेत्रमा ५ अर्बले बचत परिचालन बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सहकारी क्षेत्रमा ६८ हजार ४ सय कर्मचारी प्रत्यक्ष कार्यरत रहेको देखिएको छ ।

Ad