Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

श्रमिकको पारिश्रमिकको लागि ५० अर्बको कोष स्थापना

२०७७ जेष्ठ १६ गते

सरकारले कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा डा. खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को बजेट पेश गर्ने क्रममा सो घोषणा गर्नुभएको हो ।

कोषबाट ५ प्रतिशत व्याजमा त्यस्ता उद्योगहरूलाई व्यवसाय सहज नभएसम्मको लागि रकम उपलब्ध गराउने र सो रकमबाट कमदारको पारिश्रमिक दिने व्यवस्था मिलाइएको छ । उद्योगहरू सहज भएपछि रकम कोषमा फिर्ता गर्नुपर्नेछ ।

त्यसैगरी, अर्थमन्त्री डा. यु्वराज खतिवडाले असंगठित क्षेत्रका श्रमिकदेखि उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने गरी छुटका व्यवस्था सार्वजनिक गर्नुभएको हो । बजेट वक्तव्य अनुसार असंगठित क्षेत्रका प्रभावित श्रमिकलाई एक चाैथाईसम्मको ज्याला राहतस्वरुप उपलब्ध गराइनेछ ।

 निजी क्षेत्रले भुक्तान गर्नु पर्ने श्रमिकको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम पनि यो अवधिभरको सरकारले व्यहोरिदिने भएको छ ।

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

Ad