May 28th, 2020

संस्थागत निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज नदिन राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपमा प्रकाशित सूचनामा भन्दा बढी ब्याजदर नदिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै संस्थागत मुद्दतीमा बैंक तथा वित्तीय संस्थाले प्रकाशित ब्याज दर भन्दा बढी ब्याजदर दिन नपाउने जनाएको हो ।
बैंकले परिपत्र जारी गर्दै “माग तथा अल्प सुचनामा आधारित निक्षेप (कल डिपोजिट) मा बचत निक्षेपमा प्रदान गरिने न्युनतम व्याजदर भन्दा बढी व्याज प्रदान गर्न पाईने छैन । यस्ता खाताहरुमा चेक जारी गर्न पाईने छैन । कल डिपोजिट तथा संस्थागत मुद्धती निक्षेप बाहेकका अन्य निक्षेपको हकमा प्रकाशित व्याजदरमा शुन्य दसमलव पाँच प्रतिशत बिन्दुसम्म बढाउन सकिने” उल्लेख गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]