बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको ५३ अर्ब ८७ करोड सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आब अन्तर्गत मौद्रिक नीतिको तेस्रो त्रैमास समिक्षा रिपोर्ट सार्वजनिक गर्दै हालसम्म ५३ अर्ब ८७ करोड सहुलियतपूर्ण कर्जा लगानीमा रहेको जनाएको हो । जसमा २०७६ चैत मसान्तसम्ममा २८,६५९ ऋणीहरूमा रु. ५३ अर्ब ८७ करोड सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ, यसमध्ये २३,४०९ ऋणीहरूमा रु. ५० अर्ब ४७ करोड व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा र ५,२५० ऋणीहरूलाई रु. ३ अर्ब ४१ करोड अन्य प्रकारको कर्जा लगानीमा रहेको छ ।