बैंकिङ खबर । एसियाली विकास बैंक (एडीबी) ले कोरोना विरुद्ध लड्न नेपाललाई २५ करोड अमेरिकी डलर करीब३० अर्ब सहुलियतपूर्ण ऋण दिने भएको छ । एडीबीले कोरोना महामारीसँग लड्न तथा आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरण गर्न उक्त सहुलियतपूर्ण ऋण सहयोग अनुमोदन गरेको जनाएको छ ।
सरकारले यो ऋण रकम कोरोना रोकथाम तथा नियन्त्रण गर्न एवं गरीब तथा विपन्न वर्गलाई खाद्यान्न वितरण गर्न, तथा सामाजिक सुरक्षाका कार्यक्रमका लागि खर्च गर्ने एडीबीको विश्वास छ ।