Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाले अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको नोक्सान हुन सक्ने : राष्ट्र बैंक

२०७७ जेष्ठ १३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस तथा जारी लकडाउनले कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो अनुमान गरेको हो । केन्द्रीय बैंकले तेस्रो त्रैमासिक समीक्षा गर्दै विगत तीन वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षसमेत सोही प्रवृत्ति कायम रहनेप्रक्षेपण रहेको उल्लेख गरेको छ । कोभिडपूर्वको अवस्थामा चालुआर्थिक वर्षका लागि केन्द्रीय बैकले गरेको ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण र केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको २.२८ प्रतिशत आर्थिक वृद्धिको अनुमानबीचको अन्तरका आधारमा कोभिड–१९ महामारीका कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा रु. १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको जनाएको छ ।

Ad