बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने बताउनुभएको छ । खतिवडाले आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । सरकारको चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य रहेको थियो । कोरोना भाइरसको असरका कारण आर्थिक वृद्धिदरमा असर गरेको खतिवडाको भनाई छ । उहाँले कोरोनाकै कारण सरकारी तथा निजी दुवै लगानी ३.४ प्रतिशतले संकुचित भएको समेत उल्लेख गर्नुभयो ।