बैंकहरुले निक्षेपको व्याज घटाएपछि सहकारीमा निक्षेप बढ्ने अबस्था

बैंकिङ खबर । बैंकहरुमा निक्षेपतर्फ व्याज घट्दै गएपछि सहकारीमा निक्षेप बढ्ने अनुमान गरिएको छ । निक्षेपकर्ताले बैंकबाट पहिलाजस्तो राम्रो व्याज लिन सक्ने अबस्था छैन । बैंक तथा वित्तीय क्षेत्रमा व्याजको विषय चर्को रुपमा बहसमा आइरहँदा सहकारी क्षेत्रमा व्याजको विषय मौन रहेको छ । यसले गर्दा सहकारीमा व्याज घ्ने सम्भावना कम छ । सहकारी विभागले पछिल्लो समय दिएको निर्देशनमा १६ प्रतिशतभन्दा माथि कर्जामा व्याज लिन नपाउने व्यबस्था छ । सोही अनुसार सहकारीहरुले कारोबार गर्दै आएका छन् । निक्षेपतर्फ पनि १२ प्रतिशतसम्म सहकारीले व्याज दिएका छन् । हाल बैंकिङ क्षेत्रमा निक्षेपतर्फको व्याज एकल अंकमा झरेको छ । कोरोना र लकडाउनपछि सहकारीमा व्याजको विषय उठाइएको छैन । यसले गर्दा बैंकमा रहेको निक्षेप सहकारीतिर जाने अनुमान गरिएको छ । कोरोना संक्रमण र यसबाट परेको आर्थिक प्रभावलाई लिएर बैंकहरुले व्याज कम गरेका छन् । कोरोना संक्रमण तथा लकडाउनको समयमा सहकारी विभागले व्याजको विषयमा कुनै कुरा उठाएको छैन । यसले सहकारीमा बैंकको निक्षेप तान्न सक्ने देखिन्छ ।


सोसिअल मेडिया