बैंकिङ खबर । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप ७ जना कोरोना संक्रमित थपिएका छन् । अब नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा अछाम मेललेख गाउँपालिकाका एक जना, भेरी अस्पतालमा गुलेरिया बस्ने ३ जना र नारायणी अस्पतालमा २ जनामा कोरोना पुष्टि भएको हो । निको हुनेको संख्या ११२ पुगेको छ । सोमबार थप २५ जना निको भइ फर्केका छन् । हालसम्म चारजनाको मृत्यू भएको छ ।