Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मृत्यू भएर दाहसंस्कार सकेको एकसाता भयो, अहिले कोरोना संक्रमणको पुष्टि !

२०७७ जेष्ठ १२ गते

बैंकिङ खबर । वीरगञ्जको नेशनल मेडिकल कलेजमा एकसाताअघि मृत्यु भएका बृद्धमा कोरोना संक्रमण प्रमाणित भएको छ । गत जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको अन्त्यष्ठि समेत भइसकेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर प्रविधिबाट उनको परिक्षेण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।  उनी क्षयरोग, दम र निमोनियाबाट ग्रसित थिए । जेठ २ गते अस्पताल भर्ना भएका उनको ४ गते राति निधन भएको थियो। परिवारले उनको अन्तिम संस्कार गरीसकेका छन् । उनीसँगै कोरोनाका कारण मृत्यू हुनेको संख्या चार पुगेको छ ।

Ad