सिभिल क्यापिटल मार्केट्समा जागीर खुलेको छ । सिभिल बैंकद्धारा सञ्चालित मर्चेन्ट बैंक सिभिल क्यापिटलले अफिसर लेभलका विभिन्न ४ पद र एसिस्टेन्ट लेभलको एक पदका लागि दरखास्त आह्वान गरेको हो । अफिसर लेभलमा मर्चेन्ट बैंकिङ, एकाउन्ट, आरटीए÷आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट सर्भिस एण्ड फाइनान्सियm एनालिस्ट र म्युचुअल फण्डका लागि कर्मचारी माग गरिएको हो ।
अफिसर लेभलमा जागीर खानका लागि कम्तीमा स्नातकोत्तर गरी सम्बन्धि क्षेत्रमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने बताइएको छ । मर्चेन्ट बैंकिङकै क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकतामा राखिने सिभिल क्यापिटलले जनाएको छ । त्यस्तै, कम्प्युटर र अंग्रेजी भाषामा पोख्त, २० वर्ष उमेर पुगेर ४० वषए ननाघेको र प्रोफोसनल स्टान्डर्ड भएको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
एसिस्टेन्ट लेभलका लागि भने स्नातक उतीर्ण, कम्प्युटर र अंग्रेजी भाषामा पोख्त, १८ वर्ष देखि ३० वर्षबीचको उमेर भएको र प्रोफेसनल स्टान्डर्ड भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । मर्चेन्ट बैंकिङको क्षेत्रमा काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
इच्छुक र कम्पनीले तोकेअनुरुप योग्यता पुगेका नेपाली नागरिकले vacancy@civilcapital.com.np मा १ प्रति निवेदन, १ प्रति वायोडाटा सहित एप्लाइ गर्नुपर्नेछ । आवेदन बुझाउने मिति २० जुलाई अर्थात साउन ५ गतेसम्म रहेको छ ।