Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काँग्रेस समितिको प्रतिवेदन : खुकुलो लकडाउन, सुरक्षित र चलायमान अर्थतन्त्र (प्रतिवेदनसहित)

२०७७ जेष्ठ ११ गते

बैंकिङ खबर । नेपाली कांग्रेसले गठन गरेको कोरोना अध्ययन विशेष समितिले १७ पेज लामो प्रतिवेदन तयार गरेको छ । उद्योगी समेत रहेका विनोद चौधरीको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनमा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन खुकुलो गर्दैै अघि बढ्नुपर्नेमा जोड दिइएको छ । प्रतिवेदनमा जीवन रक्षा, औषधि उपचार तथा विपन्न बर्गमाथि राहत वितरणलाई फोकस गरीएको छ । तत्कालै खुकुलो, सुरक्षित लकडाउन र चलायमान अर्थतन्त्रलाई समितिले फोकस गरेको छ । लकडाउन नखुलुन्जेल अल्पकालीन उपायका रूपमा बैंकको सावाँ र ब्याज तिर्ने भाका बढाउने व्यवस्था मिलाउन पनि समितिले सुझाएको छ । nepali congress pratibedan

Ad