Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल–भारत सीमामा हरित पर्खाल लगाउन सरकारसँग अनुमति माग्दै अभियन्ता सन्तोष साह

२०७७ जेष्ठ ११ गते

युवा तथा कृषि अभियन्ता सन्तोष साहले नेपाल–भारत सीमामा हरित पर्खाल लगाउन दिने अनुमति माग्नुभएको छ । साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै नेपाल–भारत सीमामा हरित पर्खाल (ग्रिन वाल) लगाउन सुझाव दिदै सो कार्यका लागि आफूलाई अनुमति दिन पनि अनुरोध गर्नुभएको हो । शुक्रबार प्रधानमन्त्री ओलीलाई ई–मेल मार्फत् पत्र पठाउँदै साहले पत्रमा “पूर्वी पहाडदेखि पूर्वी तराई हुँदै पश्चिम तराई र पश्चिम पहाडसम्म गरी करिब १६९० किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको यहाँलाई विदितै छ । राष्ट्रको स्वाभिमान, सुरक्षा र सीमा मिचिने समस्याबाट पूर्ण रुपले मुक्त हुनका लागि म हरित पर्खाल (ग्रिन वाल) को सुझाव यहाँलाई दिन चाहन्छु । साथै एक जिम्मेवार नेपाली नागरिकको रुपमा यसको जिम्मेवारी लिन पनि तयार रहेको जानकारी गराउन चाहन्छु ।’
सरकारको अनुमति र सुरक्षा निकायको साथ पाए सरकार वा अन्य कुनै संघसंस्था वा दातृ निकायको कुनै पनि आर्थिक सहयोग नलिई सीमामा रहेका किसानहरुको सहयोगमा मैले १,६९० किलोमिटरमा नै हरित पर्खाल लगाउने अठोट गरेको छु । यो ऐतिहासिक अवसर पाए यो हाम्रो लागि गर्वको विषय हुनेछ ।” लेख्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई पठाइएको यस पत्रको बोधार्थ गृह र परराष्ट्र मन्त्रालयलाई पनि दिइएको साहले बताउनुभयो ।

Ad