Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल र इजरायलका चेम्बर अफ कमर्सबीच सम्झौता

२०७७ जेष्ठ ११ गते

नेपाल इजरायल चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज (एनआईसिसिआई) र इजरायल एसीया चेम्बर अफ कमर्स (आएसीसी) बीच सहकार्यका लागि सम्झौता भएको छ ।

सम्झौतामा एनआईसीसीआइको तफबाट अध्यक्ष शिशिर भट्ट र आईएनसीसी तर्फबाट उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन् । इजरायल एसीया चेम्बर अफ कर्मस अन्तर्गत इजरायल नेपाल चेम्बर अफ कर्मसको अध्यक्षता अनात बर्नस्टेन रेचले गर्नेछन् ।

एनआईसीसीआई र आईएसीसी बीच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायत विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो । इजरायलस्थित नेपाली राजदुत डा अन्जान शाक्यको समन्वयमा सो सम्झौता भएको हो ।

सो अवसरमा राजदुत शाक्यले दुई संस्था बीच सम्पन्न सम्झौताका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आर्थिक विकासका सहकार्य गर्न अझ सहज भएको बताईन् । सो अवसरमा राजदुत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तिकरणमा काम गर्नुपर्ने कुरामा समेत जोड दिईन् ।

सो अवसरमा र्भचुअल सम्बाद गर्दै नेपाल इजरायल चेम्बर अफ कर्मसका अध्यक्ष शिशिर भट्टले नेपाल र इजरायल बीच ६० वर्षअघि  शुरु भएको कुटनितिक सम्बन्धको स्मरण गर्दै यो सम्झौताले दुई देशको बीच ब्यापारिक तवरमा यातायात, कृषि, पुर्वाधार, जलबिद्युत, शिक्षा लगायत क्षेत्रमा द्विपक्षिय सहयोग आदान प्रदान प्रदान हुने बताए ।

अध्यक्ष भट्टले वर्तमान अवस्थामा इजरायत नवप्रवर्तक राष्ट्रको रुपमा परिचित भएकाले कोभिड १९ को संक्रमणलाई सजिलै बयबसथापन गर्ने विश्वस्त रहेको समेत बताए । इजरायलले नेपालको कृर्षि क्षेत्रको विकास र आधुनिकिकरणमा सहयोग गरेको बताउँदै नेपालले पनि कृर्षि क्षेत्रलाई पुर्ण आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्वमा बिशेष ध्यान दिएर अघि बढ्नुपने बताए ।

अध्यक्ष भट्टले नेपालको विविध प्रकारको मौसम अनुकुलताका कारण कृर्षि उत्पादनको राम्रो सम्भावना रहेको जनाउँदै इजरायलका कम्पनीसँगको सहकार्यमा यहाँ उत्पादन भएको कृर्षि उपजलाई विश्वबजारमा पु¥याउन सकिने बताए । सो अवसरमा इजरायल एशिया चेम्बर अफ कर्मसका अध्यक्ष माथन भिलनाइले दुई संस्था बीच भएको सम्झौताले एक अर्काको सहयोगका लागि महत्वपुर्ण भुमिका खेल्ने बताए ।

इजायल नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष अनात बर्नस्टेन रेचले नेपालको बित्तिय क्षेत्रमा सहकार्य गर्न पाएकोमा खशी व्याक्त गर्दै आफनो तर्पmबाट आश्वयक सहयोग गर्ने बताए । सो अवसरमा नेपालका लागि इजरायली राजदुत बेनी ओमेरले  २ संस्था बीच भएको सम्झौतामा खुशी व्याक्त गदै नेपाल र इजरायलको आर्थिक विकासमा थप सहयोग आदान प्रदान हुने बताए । नेपाली टोली केही महिना अघि सम्झौतामा हस्ताक्षर गर्न इजरायल जानु पर्ने तालिका भएपनि कोरोना संकटका कारण जान सकेको थिएन ।

राजदुत शाक्यलाई ‘एम्बेस्डर अफ इयर सम्मान

एम्बेसेडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेल अबिब स्थित नेपाली राजदुत अञ्जन शाक्यलाई ‘एम्बेस्डर अफ इयर २०१९–२०२० सम्मान गरेको छ ।

इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो । एम्बेसेडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले सम्मान गने जनाएको छ ।

सम्मानका क्रममा अन्य तिन बिधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ। यस अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो । उक्त अवार्डबाट सम्मानित हुने डा शाक्य एशियाकै पहिलो राजदुत हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।

Ad