May 22nd, 2020

कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित भेटिएका हुन् । पछिल्लो समय बारामा मात्रै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]