बैंकिङ खबर । कोरोनाको संकट कालमा राष्ट्रपति शी जिनपिङले बंगलादेशलाई सहयोग गर्न हात अघि बढाएका छन् । शी जिनपिङले बुधवार बंगलादेशी प्रधानमन्त्री शेख हसीनासँग टेलिफोन वार्तामा विश्वव्यापी महामारी कोरोना भाइरसलाई ध्यानमा राख्दै चीनबाट बंगलादेशमा विशेषज्ञ टोली पठाउने प्रस्ताव गरेका छन् ।
चिनिया राष्ट्रपतिले बुधबार बंगलादेशकी प्रधानमन्त्रीसँग बंगलादेशमा कोरोना भाइरसको अवस्थाबारे जानकारी लिदै बंगलादेशमा कोरोनाभाइरस रोक्न विशेषज्ञ टोली पठाउन तयार रहेको बताएका हुन् ।
यस्तै, चीनले बंगलादेशसँगको रणनीतिक साझेदारी लाई अझ मजबुत बनाउन प्रयत्न गर्ने उल्लेख गरेको जनाइएको छ । यसमा शेख हसीनाले बंगलादेशप्रति कोरोनो भाइरस स्थितिका लागि संवेदना व्यक्त गरेकोमा चिनियाँ राष्ट्रपतिलाई धन्यवाद दिएकी थिइन् ।
