मृतककोे सम्मानमा ३ दिनसम्म अमेरीकाको झण्डा आधा झुकाउन ट्रम्पको आदेश

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको प्रकोपका कारण ज्यान गुमाउने नागरीकको सम्मानका लागि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन् । उनले बिहीबार ट्वीट गर्दै यस्तो आदेश दिएको हुन् ।

अमेरिकामा हाल महामारीको कारण मर्नेको संख्या ९६,००० भन्दा बढी भएकोे देखिएको छ ।
यसभन्दा अघि पनि अमेरिकाको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । २०१५ मा पेरिस आतंकवादी हमलामा मरेकाहरूको सम्मानमा पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका थिए ।