साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ४ सय रुपैयाँका दरले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ३ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि विहीबार छापावाल सुन तोलाको ५८ हजार ७ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ४ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।
साताभर सुनको भाउ घटबढ भइरह्यो । गत साताको शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको आधारमा यस साता सुन तोलामा ६ सय रुपैयाँका दरले सस्तिएको छ । साताको आईतबार १ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार र मंगलबार स्थिर रह्यो भने बुधबार २ सय रुपैयाँ सस्तियो । विहीबार तोलाको १ सय रुपैयाँका दरले सस्तिएको सुन शुक्रबार एकैदिन तोलाको ४ सय रुपैयाँका दरले सस्तिएको हो
त्यस्तैगरी, शुक्रबार चाँदी पनि तोलाको ५ रुपैयाँका दरले सस्तिएको हो । महासंघका अनुसार शुक्रबार चाँदी तोलाको ९ सय ५ रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ९ सय १० रुपैयाँका दरले कारोबार भइरहेको थियो । साताभरमा भने चाँदीको भाउ तोलाको १० रुपैयाँका दरले बढेको हो ।