कोरोना परीक्षणको शुल्क तोकिएको छैन : मन्त्रालय

बैंकिङ खबर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर बिधिबाट शुल्क कोरोना परीक्षण गर्न सकिने भएता पनि त्यसको दर तोकि नसकिएको बताएको छ।
हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा सरकारले सार्वजनिक स्वास्थ्य संस्थाबाट शुल्क तिरेर आरडिटी र पिसिआर परिक्षण गर्न दिने निर्णय गरेको बताउनुभएको थियो । यस्तै, प्रयोगशालाले मान्यता दिएका सार्वजनिक संस्थामा लक्षण नदेखिएका भएपनि टेष्ट गराउन मन भएका स्वदेशी तथा विदेशी नागरिकले आरडिटी र पिसिआर परीक्षण तोकिएको शुल्क तिरेर गराउन सक्ने र परीक्षणको दररेट भने संस्थाले आफ्नो मापदण्ड अनुसार तय गर्ने बताइएको थियो ।
तर यसप्रकारको परीक्षणको लागि मन्त्रालयले दररेट तोकिदिने भएपनि हालसम्म कुनै दररेट तोकि नसकेको जनाएको छ । यही सूचनालाई तोडमोड गरी केही अनलाइन मिडियाहरुले परीक्षण गराउन १५,००० लाग्ने भनी समाचार सम्प्रेषण गरेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले चौथो अंगका रुपमा रहेका पत्रकारले यस्तो संकटको घडीमा सही संदेश मात्र प्रवाह गर्न अनुरोध गरेको छ अन्यथा कानुन बमोजिक कारवाही गर्ने जनाएको छ ।