थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। जसमा बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन् । 

यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । संक्रमित मध्ये हालसम्म ४५ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।