May 20th, 2020

राष्ट्र बैंकद्धारा विभाग र कार्यालयको नाम परिवर्तन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विभिन्न विभाग तथा कार्यालयहरुको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको जनशक्ति योजना (२०७६/२०७७ – ०७८र७९) मा उल्लेख भएअनुसार विभागहरुको नयाँ नामाकरण गर्ने सम्बन्धमा गभर्नरबाट मिति २०७७ वैशाख २३ मा सदर टिप्पणी बमोजिम २०७७ साउन १ गतेबाट लागु हुने गरी बैंकको गरी विभाग तथा कार्यालयहरुको नाम परिवर्तन गर्ने निर्णय भएको जनाएको छ ।

अब साउन १ गतेबाट लागु हुने गरी हाल कायम रहेको सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, अनुसन्धान विभागलाई आर्थिक अनुसन्धान विभाग, लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभागलाई लघुवित्त संस्था सुपरीवेक्षण विभाग, संस्थागत योजना विभागलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयलाई बैंकिङ विभाग, सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा र उपत्यकाबाहिरका कार्यालयहरूलाई प्रदेशस्थित कार्यालय बनाइने भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]