नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका थप क्रममा २७ जनामा कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो। आज थपिएकाहरुमा २४ जना पुरुष र ३ जना महिला छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ, जसमा ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।