Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाको खतरा सकिएकोे छैन, सबैले संक्रमण विरुद्ध लड्न लामो यात्रा तय गर्नुपर्दछ – WHO

२०७७ जेष्ठ ६ गते

कोरोना भाइरसले संसारभर भयावह पारीरहेको छ । यसैबिच, डब्ल्यूएचओले ७३ औं विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनमा भाइरसप्रति अझै पनि अत्याधिक संवेदनशील हुनुपर्ने र यसको प्रतिरोध गर्न लामो यात्रा तय गर्नुपर्ने बताएको छ । डब्ल्यूएचओका महानिदेशक टेड्रोस अडानोमले भने यो भाइरस अत्यन्त खतरनाक छ । यो भाइरस बिभिन्न रंगमा बाहिर आउँदैछ, जुन तिव्र गतिमा फैलिरहेको छ ।

विश्वको अधिकांश जनसंख्या कोरोनाप्रति सम्वेदनशील छ र उच्च जोखिम तहको कारण लामो यात्राको लागि तयार हुनुपर्दछ । टेड्रोसले भने भाइरस स्वास्थ्य संकट भन्दा बढी हो, किनकि विश्वव्यापी अर्थतन्त्र डिप्रेशनमा छ । यो भाइरसको चपेटामा धनी, गरीब, ठूलो र सानो सबै छन् । सबै देशहरूले यस भाइरसबाट उत्पन्न हुने चुनौतीहरूको सामना गरिरहेका छन् ।

Ad