Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारले ल्याएको बजेटलाई सघाउन, यसो गर्दैछ राष्ट्र बैंक

२०७३ असार ३० गते

nrbनेपाल राष्ट्र बैंकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटले लिएको लक्ष्यलाई मौद्रिक नीतिको कार्यदिशा बनाएको छ । आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटको लक्ष्यलाई सपोर्ट गर्ने गरी ल्याइएको मौद्रिक नीतिले निम्न विषयहरुमा सरकारलाई प्रत्यक्ष सघाउने भएको छ । हेरौँ जस्ताको त्यस्तै :

  • आर्थिक वर्ष २०७३/७४ को बजेटमा उल्लेख भए बमोजिम उपभोक्ता मुद्रास्फीति दरलाई ७.५ प्रतिशतको सीमाभित्र राखिने छ ।
  • मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन मार्फत् कम्तीमा ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम राखिने छ । 
  • नेपाल सरकारको बजेट वक्तव्यमा उल्लिखित ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी आवश्यक तरलताको व्यवस्थापन गरिने छ ।
  • मौद्रिक नीतिको अन्तरिम लक्ष्यको रुपमा रहेको विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १७ प्रतिशतमा सीमित गरिने छ ।
  • कर्जा योगाङ्कहरुमध्ये आन्तरिक कर्जा विस्तार लक्ष्य २५ प्रतिशत कायम गरिएको छ । त्यसैगरी, निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।