Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

२०७७ जेष्ठ ५ गते

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी एकजना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिस १ निवासी १ जना पुरुष, सुनसरी निवासी एकजना पुरुष र झापा निवासी एकजना पुरुषमा कोरोना देखिएको र उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ । यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । संक्रमित मध्ये हालसम्म ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Ad