Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्त विकास बैंकर्स संघका अध्यक्षले भने – ‘होलसेलरको पुँजी वृद्धि राम्रो लाग्यो’

२०७३ असार ३० गते

dharmaraj pandeyलघुवित्त बैंकहरुको छाता संगठन लुघुवित्त विकास बैंकर्स संघका अध्यक्ष धर्मराज पाण्डेले राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुको पुँजी वृद्धि गर्ने मौद्रिक नीतिको व्यवस्थाको स्वागत गरेका छन् । बैंकिङ खबरसंग प्रतिक्रिया दिँदै अध्यक्ष पाण्डेले भने, ‘यो राम्रो व्यवस्था हो । उनीहरुको वित्तीय अवस्था यो व्यवस्थाले सुधार ल्याउने अपेक्षा छ ।’

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्म न्यूनतम् चुक्ता पुँजी ६० करोड कायम गनुपर्ने व्यवस्था गरेको छ ।