July 14th, 2016

नयाँ मौद्रिक नीति : वित्तीय साक्षरतामा जोड

nrbराष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय साक्षरतालाई जोड दिएको छ । केन्द्रीय बैंकले वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तारका माध्यमबाट वित्तीय समावेशीकरणमा जोड दिनेतर्फ समेत मौद्रिक नीति अभिमुख रहेको जनाएको छ । यद्यपी वित्तीय साक्षरता कार्यक्रमहरुलाई कुन रुपले अघि बढाउने भन्ने विषयमा उल्लेख गरिएको छैन । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अर्थ मन्त्रालयसंगको समन्वयपछि वित्तीय साक्षरता अभियानको कार्यान्वयनका लागि कार्यविधि तयार गरिने बताए ।