Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लकडाउन : सरकारी कर्मचारीलाई मस्ती, गरीखाने बर्गको उठीबास लाग्दै

२०७७ जेष्ठ ५ गते

बैंकिङ खबर । लामो समयको लकडाउनका कारण आम मानिसको जनजीवन अस्त व्यस्त हुन थालेको छ । यो समयमा सरकारी कर्मचारीलाई भने कुनै किसिमको तनाव छैन । जागिर जाला भन्ने डर पनि छैन, घाटा होला डर पनि छैन । तर नीजि क्षेत्र र विशेषगरी गरीखाने बर्ग भने अत्यन्तै मारमा परेको छ । बन्द सटरको भाडा, बन्द व्यबसायको कर्जाको व्याज अनि आफू पनि बसेको घरको भाडा । बल्ल तल्ल आँट गरेर बैंकबाट कर्जा लिएर व्यबसाय गरेकाहरु त अझ बढी तनाबमा छन् । ‘कार्यालय बन्द छ, घरभाडा तिर्नुपछ, खुलेपछि पनि व्यबसाय हुँदैन, बन्द गर्न लकडाउनले दिएन’ एक ट्रेनिङ संचालकले आफ्नो समस्या बताए । ‘कार्यालयको भाडा र घरको भाडा तिर्न पनि नसक्ने अबस्था छ, खुलेपनि तत्काल व्यबसाय संचालन हुँदैन’ उनले बताए । त्यसो त ट्रेनिङ इन्स्टिच्यूट, कन्सल्टेन्सी, मेनपावर, इभेन्ट म्यानेजमेन्ट, पार्टी प्यालेसहरु, फिल्म हलहरु, नाट्य क्षेत्रहरु, रात्रीकालीन मनोरंजन क्षेत्र सबैभन्दा बढी लामो समयसम्म ठप्प रहने अनुमान छ । मानिसहरु भेला हुन नसक्ने अबस्थाले गर्दा उनीहरुमध्ये अधिकाँसले व्यबसाय बन्द गर्न खोजेका छन् । तर लकडाउनका कारण सामान उठाउने अबस्था समेत छैन । जसका कारण बन्द गर्ने व्यबसाले पनि घरभाडा तिर्नुपरेको अबस्था छ । समस्या सबैतिर छ, सबैको छ । तर विशेषगरी भाडामा व्यबसाय संचालन गर्ने र गरीखाने बर्गको उठीबास लाग्ने अबस्था छ । नीजि क्षेत्रमा जागिर गर्ने कैंयौंको जागिर धरापमा छ । सरकारले नीजि क्षेत्रका कुरालाई महत्व नदिँदा नीजि क्षेत्र थप समस्यामा छ ।

Ad