May 18th, 2020

चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर बचत ३६ अर्ब ६१ करोड

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक तथा वित्तीय स्थितीले चैत महिनासम्मको मुलुकको आर्थिक शोधनान्तर स्थिति बचतमा रहेको देखाएको छ । तथ्यांकअनुसार चालु आवको ९  महिनासम्म शोधनान्तर स्थिती ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यहि अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो । चालू आवको सुरुदेखि नै शोधनान्तर बचतमा देखिएको छ। 

यस्तै, अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]