कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको महिलाको सम्पर्कमा रहेका परिवारका सम्पूर्ण सदस्यको कोरोना रिपोर्टको नतिजा नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको थियो । नतिजा नेगेटिभ आएपछि सबैलाई क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ।
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको गत बिहिबार कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो।